मंसिर २८, काठमाडौं।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन् ।
खानेपानी तथा सरसफाई मन्त्री समेत रहेका नेता यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन प्रचण्डले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने आरोप लगाए । ‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो,’ उनले भने, ‘अब पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ,’ ।
यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे ।