• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठन प्रक्रियामा विवाद


मंसिर २९, काठमाण्डौँ ।

नेपाली काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठनमा विवाद देखिएको छ ।

राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलहरू आरोप प्रत्यारोपमा उत्रिएका हुन् । प्रधानमन्त्री चयनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै चाहिने÷नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने÷नपर्ने विषयमा दलहरुको कुरा मिल्न सकेको छैन । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा सँग भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको बारेमा दलीय सहमति जुटाउन आग्रह गरेकी थिइन ।

संविधानमा राष्ट्रिय सभामा महिला प्रतिनिधित्व सुनिश्चित गरिसकेको अवस्थामा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि राष्ट्रिय सभाकुर्न नपर्ने वाम गठबन्धन आबद्ध दलको तर्क छ । नेपाली कांग्रेस भने राष्ट्रपति समक्ष पेस भएको अध्यादेश जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री निर्वाचन हुनुपर्ने पक्षमा छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २९ गते शुक्रवार