श्रवण देवकोटा, लेकाली अनलाइन
मंसिर २९, बागचौर ।
द्वन्द्वकालमा कब्जा गरिएको घर जग्गा फिर्ता पाउँ भन्दै सल्यान बागचौरमा पहिलोपटक निवेदन परेको छ ।
सबिकको शिवरथ गा.बि.स. वडा नम्बर ९ र हालको बागचौर नगरपालिका ४ देउरालीखोलाका कृति वहादुर वस्नेतले आफ्नो घर जग्गा द्वन्द्वकालको समयमा कब्जा गरिएकोले अहिले फिर्ता पाउ भन्दै बागचौर नगरपालीका कार्यालयमा निवेदन पेस गरेका छन् ।
उनले आफु अन्यायमा परेको उल्लेख गर्दै द्वन्द्वकालको समय २०५७ साल असोज १० गते तत्कालीन माओवादी पार्टीले चन्दा नदिएको निउमा विभिन्न आरोप लगाई ६५ दिन सम्म श्रम जेलमा राखेर घर जग्गा सबै कब्जा गरि आफुफुलाई छाडिदिएको निवेदन मार्फत आरोप लगाएका छन् । उनले निवेदन मार्फत घर जग्गाको क्षेतिपुर्ती सहित फिर्ताको माग गरेका छन् ।
अहिले उक्त घर जग्गामा साविकको बाफुखोला गा.बि.स. वडा नम्बर ७ हालको बागचौर नगरपालिका ११ बस्ने ध्वज वलीका छारा कलु वलि बस्दै आएको उनले उल्लेख गरेका छन् ।
यता नगरप्रमुख लोकमान बुढाथोकीले लेकाली अनलाइन सँग कुरा गर्दै भने उक्त निवेदन आफ्नो टेवुलमा पुगेको तर त्यस बिषयमा आफुसँग अहिले कुनै प्रकृया नभएकाले अहिले नै केहि भन्न नसकिने बताएका छन् ।
यस्ताे छ निवेदन ।