मंसिर २९, काठमाण्डौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामाको माग गरेका छन् ।
आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री समेत रहरेका सिंहले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन् । पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताए ।
प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै उनले अब पार्टीमा सुधार गर्नु पर्ने बताए ।