• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

रोल्पामा आफ्नै श्रीमतिको नाममा बनाए जनप्रतिनिधिले गाउँपालिकाको नाम


मंसिर २९, रोल्पा ।

रोल्पाको सुकिदहमा आफ्नै श्रीमतिको नामबाट गाउँपालीकाको नाम र आफ्नो घर नजिकै केन्द्र राख्ने जनप्रतिनिधिले निर्णय गरेका छन् ।

अहिलेको सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने उनिहरुले निर्णय गरेको हुन । सुक्रबार सुखाओढारमा बसेको सभाबाट गाउँपालीका अध्यक्ष बिर बहादुर केसीकी श्रीमती सहिद गंगा वली र पुर्व जनमुक्ति सेना सहिद देबराज वलीको नामबाट गाउँपालिको नाम गंगादेब राख्ने उनिहरुले निर्णय गरेका छन् । त्यस्तै गाउँपालीकाको केन्द्र अध्यक्षको घर नजिकै सानडाँडा राख्ने निर्णय गरेको ४ नं. वडा अध्यक्ष राम बहादुर वलीले बताएका छन् ।

उक्त निर्णय बिरुद आन्दोलन गाउँपालिको नाम र केन्द्र फेर्ने निर्णय गलत भएको भन्दै संर्घष समिति गठन गरिएको छ । जिनाबाङका दिपेन्द्र बहादुर डाँगी संयोजक रहेको समिति गठन गरेको रोशनकुमार वलीले जानकारी दिए ।

समितिले गाउँपालिको निर्णय सच्चाउन ज्ञापन पत्र समेत बुझाएको छ । सुकिदहबासीको जनमतको कदर गदै गलत निर्णय तत्काल सच्चाउनु पर्ने संयोजक डाँगीले बताए । जनताको आवाज बिरुद गए कडा आन्दोलन गर्ने समेत उनले जनाए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २९ गते शुक्रवार