• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

ओली सँग भेटवार्ता भएको २४ घण्टा नबित्दै प्रचण्डको देउवा सँग भेटवार्ता


पुस १, काठमाडौं ।
एमाले अध्यक्ष केपि शर्मा ओली सँग भेटवार्ता गरेको २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेटवार्ता शुरू गरेका छन् ।

आज बिहान साँढे ९ बजेदेखि बालुवाटारमा वार्ता शुरू भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिएका छन् । भेटमा सरकार गठन राष्ट्रियसभा गठन लगायत समसामयिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ । शुक्रबार अर्थात हिजो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

यतिखेर देउवा र प्रचण्डबीचको भेटलार्इ निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार