• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा मानवअधिकारका घटना याे बर्ष कुनै वृद्वि, कुनै कम । यस्तो छ (इन्सेक)को प्रतिवेदन


लेकाली अनलाइन
पुस १, सल्यान ।
सल्यानमा गत बर्षको भन्दा यस बर्ष मानवअधिकार सम्बन्धि घटनाहरु कम भएका छन् । तर बलत्कार तथा यौन दुव्र्यवहारको घटना भने डबल वृद्वि भएका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानवअधिकार वर्ष पुस्तक सन २०१८ घटनाको पुर्नपुष्टि तथा समिक्षा गर्दै उक्त तथ्याङक देखाएको हो । जिल्लाका विभिन्न सरोकारवाला निकायहरुमा परेका उजुरीलाई देखाउदै (इन्सेक)ले उक्त प्रतिवेदनमा सन २०१५, २०१६ र २०१७ मा भएका मानवअधिकार सम्बन्धी घटनाक्रमहरुलाई प्रस्तुत गरेर उक्त तथ्याङकलाई देखाएको हो ।

(इन्सेक)ले तयार पारेको प्रतिवेदन यस्तो छ ।

सनिबार सल्यान खलंगामा भएको उक्त कार्यक्रममा (इन्सेक)की जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जिल्लाका सरोकारवाला निकायमा आएका घटनाहरुलाई समेटेर उक्त प्रतिवेदन प्रस्तुत गरेकी हुन् । कार्यक्रममा जिल्ला अदालत सल्यानका माननिय जिल्ला न्यायधिस मदन बहादुर धामी, सायक जिल्ला अधिकारी श्रीधर टन्डन, जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेश कुमार गौतम जिल्लाका विभिन्न जनप्रतिनिधी, राजनितीक दल, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोविता वस्नेतको सभा अध्यक्षता बाट सुरु भएको कार्यक्रमको संचालन पुरुषेत्तम गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार