• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

माओवादी केन्द्र सल्यानको विवाद चुलियो ? समानान्तर जिल्ला कमिटि सक्रिय, छुट्टा छुट्टै वैठक


लेकाली अनलाइन
पुस १, सल्यान ।

संघिय प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा वामगठवन्धवाट सिटवाडफाटका विषयलाई लिएर दुई खेमामा विभाजित भएका नेकपा माओवादी केन्द्र सल्यानका माओवादीहरुको विवाद झनै चुलिएको छ ।

वाम गठवन्धनका उम्मेदवारका विरुद्धमा स्वतन्त्र उम्मेदवारीलाई समर्थन गरेका जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी र अर्का जिल्ला नेता निमवहादुर केसी संयोजक रहेका दुई जिल्ला समितिको छुट्टा छुट्टै जिल्लामा वैठक वसेकाे छ । निर्वाचनमा वामगठवन्धन विरुद्धमा गएको भन्दै जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी लगायतलाई कार्वाहीकालागि प्रदेशमा सिफारिस गरिएको थियो वुढाथोकीको संयोककत्वमा वसको वैठकले विना विभागिय मन्त्री टेकवहादुर वस्नेत, पोलिटब्यूरो सदस्य नेववहादुर कँवर, रमेश मल्ल लगायतलाई कावाहीको लागि सिफारिस गरेको थियो । चुनावका समयमा एकले अर्कोलाई कार्वाही घोषणा गरेका नेताहरु अहिले समानन्तरण कमिटि वनाएर जिल्लामा गतीविधी गर्न थालेका छन् ।

यसै विच कर्णवहादुर वुढाथोकी संयोजक रहेको नेकपा माओवादी सल्यानको सचिवालयको वैठक पार्टी कार्यालय सल्यानमा सम्पन्न भएको छ । वैठक पछि एक प्रेस जारी गर्दे वुढाथोकीले जिल्लाको समस्या समाधान गर्न प्रदेश र केन्द्रीय कार्यालय लाई आग्रह गरेका छन् । वुढाथोकीले जारी गरिएको प्रेस विज्ञप्तीमा निर्वाचनको विषयलाई लिएर विभाजीत भएको पार्टीलाई एकतावद्ध गर्ने कार्यमा सहयोग गर्न सवै सम्पूर्ण शहिद परिवार, सवै कार्यकता र शुभचिन्तकमा आग्रह गर्दछौ भनिएको छ ।

कर्णवहादुर वुढाथोकी संयोजक रहेको नेकपा माओवादी सल्यानको  प्रेस विज्ञप्ती

त्यस्तै बाम गठ बन्धनको पक्ष रहेका  निमवहादुर केसी संयोजक नेकपा माओवादी केन्द्र सल्यानको वैठक श्रीनगरमा बसेको छ । बैठकमा पार्टीका सचिवालय सदस्य तथा विना विभाग्य मन्त्री टेकबहादुर बस्नेतको उपस्थिती रहेको छ । बैठकले संघिय प्रतिनिधि सभा र प्रदेश सभा चुनाव २०७४ को समिक्षा र आगामी कार्ययोजना तय गर्ने वाइसेल नेपालका केन्द्रिय सचिव गनेश शाहीले जानकारी दिएका छन् । अहिले नै बैठककाे टुङगाे नलागेकाले विस्तृत भाेली अाउने उनले बताएका छन् ।

तस्विरमा ः निमवहादुर केसी संयोजक रहेको नेकपा माओवादी केन्द्र सल्यानको वैठक श्रीनगरमा ।

लेकाली अनलाइनमा यस अघि प्रकाशित सल्यानमा माओवादी केन्द्र भित्र एकले अर्कालाई आरोप र कारवाही गरेका समाचारहरु यस्ता छन् ।

स्वतन्त्र भन्नेले पार्टीको झण्डा लिएर अवसरवादी चरित्र प्रदर्शन गरे ः बस्नेत

सल्यानमा आफ्नै पार्टीले गर्याे मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही, एक जनाको जिम्मेवारी खोसियो । यस्ता छन् कारण

सल्यानमा मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही गरियो भनेपछि ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बस्नेतको यस्तो आयो प्रतिकृया । (भिडियाे सहित)

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार