पुस १, काठमाण्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष ओलीले नभए सपथ समेत नलिने चेतावनी दिए । एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’ चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै अध्यक्ष ओलीले बाहाना खोजेर सत्ता लम्ब्याउने कोशिशस नगर्न आग्रह गरे ।
उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरे । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उनको आरोप छ ।