• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

चार तलामाथिबाट खसेर मृत्यु


पुस ५, भक्तपुर ।
भक्तपुरमा चार तलामाथिबाट खसेर एक जना कामदारको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा घर प्लाष्टर गर्ने क्रममा २८ वर्षीय वसन्त राईको चारतला माथिबाट खसेर आज मृत्यु भएको हो ।

खोटाङ घर भई काठमाडौँ जोरपाटी बस्दै आएका राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार