• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

सल्यान सिनबाङका ३ टाेल हुनेभए पुर्ण सरसफाई युक्त ! (फाेटाे फिचर)


लेकाली अनलाइन
पुस ६, सल्यान । 

सल्यानको कपुरकोट गाउँपालीका वडा नम्बर ६ का केहि गाउँहरु अब पुर्ण सरसफाई युक्त टोल घोषणा हुने भएका छन् ।

साविकको सिनबाङ गाविस भित्र पर्ने स्यानीखाल, रातामाटा र रामिडाँडामा सरसफाईका कामहरु अगाडी बढेकाले पुर्ण सरसफाइ युक्त टोल घोषणा हुने भएका हुन । सरसफाईको क्षेत्रमा काम गर्दै आएको सुआहारा सल्यानको आयोजनामा बुधबार अनुगमन गर्दा उक्त गाउँहरुमा घरमुलीहरुले सरसफाईको काम राम्रो गरेको भेटिएको छ ।

अनुगमनका क्रममा घरआगन, शचालय, करेसाबारी, खानेपानी सफा देखिएको छ । प्रत्यक घरभित्र शुद्ध पानिको लागी फिल्टरको ब्यवस्था, प्रत्यक व्यक्तिमा आवश्यक अनुसारको सरसफाई लगाएतका कामहरु पुरा भएकाले उक्त टोलहरु पुर्ण युक्त टोल घोषणा गर्न लाइक भएको सुआहारा सल्यानका किरण ढुङगानाले बताएका छन् ।

अनुगमनमा कपुरकोट गाउँपालीका अध्यक्ष भिम बहादुर सेन, उपाअध्यक्ष तिला बुढामगर, विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला स्थीत विभिन्न सरोकारवाला व्यक्तित्व र पत्रकारको उपस्थिती रहेको थियो ।

अनुगमनका क्रममा बोल्दै गाउँपालीका अध्यक्ष सेनले स्थानीयहरुले सरसफाईको काम पुरा गरेकाले अब आफुहरुले सरसफाई युक्त टोल घोषणा गर्न आवश्यक कागजपत्र पुरा गरेर छिटै घोषणा गर्ने बताएका छन् । सबै काममा सरकारको मुख नताकेर आफुहरुले पनि देखासिकिमा काम गर्न सकिने भन्दै उनले सबैलाई धन्यवाद दिएका थिए ।

आफुहरुले स्थानियहरुलाई बाटो देखाइदिएको तर काम उनिहरुले नै गरेको भन्दै सुआहारा सल्यानका किरण ढुङगानाले  केहि न्युन आयस्तर भएकालाई केहि सामान सहयोग गरेको बताएका छन् ।

स्यानीखाल, रातामाटा र रामिडाँडामा खिचेका थप तस्विर हेर्नुहाेस्

 

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार