• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

देउवाले तत्काल राजीनामा दिनुपर्छ, तातोपानी नाका खुल्छ ! बामकाे अध्यक्ष प्रचण्ड पक्का ः अग्नि सापकोटा


पुस ६, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले माओवादी–एमालेको पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष प्रचण्ड  बन्ने पक्का भएकाे बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सापकोटाले एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने भन्दै पार्टीको नेतृत्व प्रचण्डले गर्ने बताए हुन । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने भन्दै अाफ्नाे नयाँ सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्ने समेत दाबी गरेका छन् ।

नाका खाेल्न अाफुले चीनीयाँ नेताहरु, चीनका लागि नेपाली राजदूत सँग छलफल मार्फत पहल गरेकाे नेता सापकाेटाले बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार