• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

काँरागिठीमा बालबिबाह गर्नेहरुको संख्या वृद्वि


बुद्धिमान पुन
पौस ६, सल्यान ।

सल्यानको काँरागिठीमा बालबिबाह गर्नेहरुको संख्या धेरै पाईएको छ । स्वास्थ्य चौकी काँरागिठीले दिएको तथ्यांङ्क अनुसार काँरागिठीमा २० बर्षमुनीका सुत्केरी हुन आउनेहरुको संख्या धेरै रहेको छ । यसरी स्वास्थ्य चौकीको तथ्यांङ्क अनुसार यस साविकको गाबिसमा बालबिबाह धेरैले गर्ने गरेको बुझिन्छ ।

बुधबार काँरागिठी स्वास्थ्यचौकीमा आयोजीत स्वास्थ्य सम्बन्धी रेडियो बहस कार्यक्रममा आर्थिक बर्ष २०७३/०७४ मा सुत्केरी भएका महिलाहरु मध्ये झण्डै ३३ प्रतिशत २० बर्ष मुनीका रहेको पाईएको छ । आर्थिक बर्ष २०७३/०७४मा स्वास्थ्य चौकीमा जम्मा ३५ जना सुत्केरी भएकोमा १२ जना बीष बर्ष मुनीका रहेका छन् ।

रेडियो बहस कार्यक्रममा सेवाग्राहीले स्वास्थ्य चौकीको भौतिक स्तर उन्नतीको साथै यस स्वास्थ्य चौकीमा २० बर्ष मुनीका सुत्केरी हुन आउनेहरु संख्या धेरै रहेको बताउदैँ जनचेतनामुलक अभियान सञ्चालन गर्न आग्रह गरेका थिए । यस्तै करिब एक महिना देखी अस्पतालमा बिग्रीएको सौर्य बत्ती मर्मत गर्न माग गरेका थिए । यस्तै नागरिक वडापत्र बाहिर राख्न, सुझाव पेटिकाको ब्यबस्था गर्न, कर्मचारी नियमित गर्न पनि आग्रह गरेका थिए ।

रेडियो बहसमा बोल्दै स्वास्थ्य चौकी ईन्चार्ज दिपेन्द्र चौधरीले साबिकको यस गाबिसमा जनचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गर्ने बताउदैँ करिब एक महिना देखी अस्पतालमा बिग्रीएको सौर्य बत्ती तत्काल मर्मत गरेर सुचारु गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले स्वास्थ्य चौकी भित्र देखिएका हरेक आन्तरिक समस्या अबको एक हप्ता भित्र समाधान गर्ने बताए ।

यस्तै त्रिबेणी गाउपालिका अन्र्तगत स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले गाउपालिकाको स्वास्थ्य शाखाले गाउपालिका भित्रका हरेक स्वास्थ्य संस्थालाई आबश्यक पर्ने सबै प्रकारका औषधि, उपकरण खरिद गरेर सबै स्वास्थ्यमा पठाएको बताए । स्वास्थ्य क्षेत्रमा त्रिबेणी गाउपालिकालाई नमुनाको रुपमा चिनाउन तथा गर्भबती महिलाहरुलाई पोषण सम्बन्धी ज्ञान दिन गर्भबती जाँच गरेर फर्कदा निशुल्क एक पोका आयोडिन नुन दिने गरेको बताए । ‘यस्तै स्वास्थ्य चौकीमा आएर सुत्केरी भएमा गाउपालिकाको तर्फ बाट छुट्टै पाँच सय दिने ब्यबस्था गरेका छौँ’– उनले भने ।

यस्तै त्रिबेणी गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष मेघराज रोकाले काँरागिठी स्वास्थ्य चौकीको भौतिक तथा आन्तरिक ब्यबस्थापनको लागी यस बर्ष ५ लाख रुपैयाँ छुट्याईएको बताए । उनले वडा भित्र रहेका हरेक स्वयमसेबिकाहरुको लागी आफ्नो ब्यक्तिगत रुपमा बार्षिक १ हजार रुपैँयाका दरले रकम उपलब्ध गराउने प्रतिबद्धता पनि ब्यक्त गरे ।

यूएसएआईडी हेल्थ फर लाईफको आर्थिक तथा प्राबिधिक सहयोग, ईक्वाईल लेक्सेस, रेडियो राप्ती सल्यानको आयोजना र स्वास्थ्य चौकी काँरागिठीको स्थानिय ब्यबस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रम जिल्लाका १२ वटा स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार