• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

कपिलवस्तुमा बस दुर्घटना, १० जना घाईते


पुस ६, कपिलवस्तु ।

कपिलवस्तुमा यात्रुबहाक बस  दुर्घटना हुँदा दश जना घाईते भएका छन्  । सात जनाकाे अबस्था गम्भीर रहेकाे छ ।

बुटवलबाट पश्चिम कृष्णनगर तर्फ हिडेकाे लु १ ख ९२८७ नम्बरको बस बुद्धभूमि नगरपालिका वडा–२ कुन्र्दे खोला नजिक आज साँझ बस दुर्घटना भएकाे हाे । घाईतेहरुको नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको छ । घाईते तीन जनाको स्थानिय बुद्धपोली क्लिनिक र थप सात जना गंभिर घाईतेको सामुदायिक अस्पताल जितपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तीर्व गतिका कारण असन्तुलन हुँदा सडक छेउमा पल्टिदा दश जना घाईते भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जानकारी दिएको छ । घटना बारे थप बिबरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार