• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

राेल्पाकाे घर्तीगाउँमा लेखापढि कानुनि व्यवसायी एशोसियसन इकाई समितिकाे प्रथम अधिबेशन


मनिषा राई
पुस ७, रोल्पा
कानुनि राज्य पेशागत सुरक्षा पारदर्शिता र शुसासन, राष्ट्रिय एकता स्वाभिमान र पहिचानका लागि नया संबिधान भन्ने मुल नाराका साथ नेपाल लेखापढि कानुनि व्यवसायी एशोसियसन इकाई समिति माडी २ घर्तीगाउको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनका प्रमुख अतिथि नेपाल लेखापढि कानुनि व्यवसायि एशोसियनका केन्द्रिय समितिका उपाध्यक्ष तथा एशोसियसनका ५ नं. प्रदेश संयोजक नेप बहादुर वलीले पश्चिम रोल्पाको घर्तीगाउ रोल्पा पनि न्यायको क्षेत्रमा भरखर पाइला सार्दै गरेकोले यसमा सबैको हात र साथको सहयोगको आवश्यकता भएको बताए । उनले सम्पुर्ण एशोसियसन घर्तीगाउका कर्मचारीहरुलाई जति सक्दो जनतालाई अन्यायबाट मुक्त पार्न अहम भुमिका खेल्न आग्रह गरेका छन् । साथै वलीले एशोसियशनमा महिला कर्मचारी पनि आवद्ध भएको हुनाले अवदेखि महिलाको हक र अधिकारबाट कुनै पनि महिला बन्चित हुन नपर्ने समेत उल्लख गरे ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष एशोसियशनका माडी २ घर्तीगाउ संयोजक शेर बहादुर बुढामगरले हिजोको दिनसम्म सानो कानुनि सम्बन्धि कार्य गर्न सदरमुकाम लिवाङ पुग्नुपर्ने झन्झटको अन्त्य भएको बताए । उनले एशोसियसनबाट जुन सुकै व्यक्तिले जस्तोसुकै कानुनि न्याय पाउने समेत बताए । बजार व्यवस्थापन समितिको सभाहलमा आयोजना गरीएको कार्यक्रममा माडी गाउपालिका नेकपा माओबादी केन्द्रका अध्यक्ष अमरसिं घर्ती, माडी १ का वडाअध्यक्ष आम बहादुर घर्ती, २ नं. वडाअध्यक्ष ललित घर्ती, ४ नं. वडा सदस्य मनराज खड्का, नेकपा एमालेका माडी सहसंयोजक इन्द्र बहादुर घर्तीमगर, नेपाली कांग्रेस रोल्पा क्षेत्र नं. २ का सभापति गोपाल घर्तीमगर, इप्रका घर्तीगाउ रोल्पाका उदयराम ऐरि, एशोसियशनका सदस्य सुमन पौैडेल, रेडियो माडी आवाजका मनिषा राई लगायतले शुभकामना मन्तव्य दिएकी थिइन ।

मालपोट कार्यलय घर्तीगाउका नविन केसि, इलाका बन कार्यलय घर्तीगाउ रोल्पाका फोरेष्टर खडक बहादुर पुन, घर्तीगाउ आयुर्बेद औषधालयका प्रमुख नारायण गिरी, वजार व्यवस्थापन समितिका उपाध्यक्ष बन्दना घर्ती, एशोेसियसनका सम्पुर्ण पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको कार्यक्रममा एशोसियशनका सदस्य पुनराम घर्तीले आर्थिक प्रतिबेदन पस्तुत गरेका थिए ।

एशोसियशनका सदस्य गगन रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सदस्य हरिप्रसाद घर्तीमगरले गरेका थिए । प्रथम अधिबेशनको बन्दसत्रले शेर बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय नेपाल लेखापढि कानुनि व्यवसायी एशोसियसन इकाई समिति माडी २ घर्तीगाउको नया कार्य समिति समेत चयन गरेको छ । जसमा उपाध्यक्ष गगन रोकाया, सचिव हरिप्रसाद घर्ती, सहसचिव लक्ष्मी घर्ती, कोषाध्यक्ष पुनराम घर्ती, सहकोषाध्यक्ष बन्दना घर्तीमगर लगायत सदस्यहरुमा टिका बहादुर वली, नरेन्द्र घर्तीमगर, चुडामनि बुढामगर, कृष्ण बहादुर भण्डारी, टेकेन्द्र खड्का रहेका छन्

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार