• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा ११ सय म्यादी प्रहरीलाई विदाई


सरिता चलाउने
पुस ७, सल्यान ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरना गरिएका म्यादी प्रहरीको आज सल्यानमा पनि बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र बिभिन्न ईल्लाका प्रहरी कार्यलयले आज उनीहरुलाई अबधी भरको सेवा सुबिधा र प्रमाण–पत्र दिएर विदाइ गरेको हो । जिल्लामा जिल्ला प्रहरी कार्यालय सल्यान, ईल्लाका प्रहरी कार्यलय श्रीनगर, लुहाम, थारमारे, र रागचौरमा म्यादी प्रहरी खटीएका थिए ।

प्रहरी निरक्षक प्रेम शंकर चौधरीले म्यादी प्रहरीहरुलाई टिका लगाईदिएर र प्रमाणपत्र दिएर विदाई गरेका हुन्र्न । निर्वाचनको समयमा अनुशासीत, ईमान्दार र जिम्मेवारीका साथ डिउटीमा खटेर राज्यलाई सहयोग पु¥याएको प्रहरी निरक्षक चौधरीले म्यादी प्रहरीको प्रशंसा गरेका छन् । सल्यानमा कुनै ठाउँमा छिटफुट घटणा घटेपनि शान्ति पुर्ण तरीकाले प्रदेश र प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएको थियो ।

सल्यानमा १ हजार १ सय ९२ जना म्यादी प्रहरीमा छनोट भएका थिए । ५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिएको हो । म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले दैनिक भत्ता पाएका छन् ।

तस्विरः  जिल्ला प्रहरी कार्यालय सल्यानमा म्यादी भर्ना हुदाँ 

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार