सम्भु कुमाल
पुस ८, काठमाण्डौँ ।
गायक दुर्गेश थापाको “ओटे ओटे गल्कोटे”बोलको लोक पप म्युजिक भिडियो सार्बजनिक भएको छ ।
दुर्गेशको अरु गीत भन्दा यो गीतलाई फरक तरिकाले पस्तुत गरिएको छ । दुर्गेश थापाले धनगढीको सुदुरपश्चिम महोत्सबमा दर्शकलाई नाचउदै अाफुले गाउदै गीत प्रस्तुत गरेका हुन। ‘ओटे ओटे भिरबाट लोटे, यस्तै यस्तै गित गाउँछ गलकोटे’ बोलको गीतमा शक्ति चन्द र दुर्गेशको स्वर रहेको छ भने म्युजिक भिडियोमा पनि गायक द्वयको अभिनय रहेको छ ।
‘गलकोटे’ गीतमा दुर्गेशले “जसले मलार्इ सम्झाउदै हिड्छ उसले अब दुश्मनकाे ठाउँ लिन्छ” जस्ता शब्दशरु प्रस्तुत गरेका छन् । शक्तिले भने “भन्छन् गाउँमा दुर्गेश त हावा हाे पिढ नभाकाे तातेकाे तावा हाे” जस्ता शब्दशरु प्रस्तुत गरेका छन् ।
थापा र चन्दको स्वर रहेको उक्त लाेक पप गीतमा बसन्त थापाको शब्द रहेको छ । दुर्गेश थापाको संगीत रहेको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायाङक रहेको छ ।
यस्ताे छ भिडियाे ।