• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू जारी


हस्त चौलागाई
पुस ८, कालीकोट ।
कालिकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको ज्यान गएको घटनाका कारण आज पनि कालिकोट सदरमुकाम मान्म तनावपूर्ण रह्यो ।

म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर नारा वाजी गदै प्रदर्शन गरेका छन् । प्रशासनले हिजो साँझ ५ वजेदेखि राती ११ वजेसम्मकर्फ्यूलगाएको थियो । आज पनि प्रदर्शनले उग्ररुप लिन लागेको भन्दै स्थानीय प्रशासनले अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । क्षेत्रिय प्रशाससक डिआइजी सुरेश कुमार प्रदानको आदेशपछि कर्फ्यू लागेको हो ।

प्रदर्शनलाई साम्य पार्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका वेला नेपाल प्रहरी, सशत्र प्रहरी, म्यादी प्रहरी र स्थानिय बासीबीच झडप हुँदा झन्डै ३६ जना घाइते भएका छन् ।

घटनाका कारण जिल्ला प्रशासन कार्यलयको टेवुल,कुर्चि लगाएत भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

याे पनि पढ्नुहाेस् 

“सरकारको १५ लाख गएर केही फरक पर्दैन गोली ठोक भने कालीकाेटका डीएसपीले”

कालीकोट तनावग्रस्त, प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार