• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

राेल्पाकाे एक बिद्यालयका ५३ जना बिद्यार्थीले शैक्षिक सामाग्रि पाए


पुस ८, रोल्पा ।

राेल्पाकाे सुकिदह ३ घोप्टेओढारमा रहेकाे  सिदार्थ माध्यमिक बिद्यालयका ५३ जना बिद्यार्थीले शैक्षिक सामाग्रि पाएका छन ।

सुइडेनमा बस्दै अाएका नेपालीहरु द्वारा संचालीत चाईल्ड टु चाईल्डु कार्यक्रमले सिदार्थ मावि बाट छनौट भएका ५३ जना गरिब, अपांग, जेहेन्दार तथा द्धण्द्धपिडित बालबालिकाहरुलाई शंनिबार एक कार्यक्रमको आयोजन गरि बिद्यालयले कापि र कमल प्रदान गरेको हाे ।सुकिदह गाउँपालिका शिक्षा प्रमुख शेर बहादुर डाँगीले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरे । ती बिद्याहरुलाई बिद्यालय पोसाक र झोला चाडै उपलब्ध गराउने नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले बताए ।

गैरआवासिय नेपाली संघ स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको पहलमा २ बर्षका लागि यस बिद्यालयका गरिब, अपांग, जेहेन्दार तथा द्धण्द्धपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्रि उपलब्ध गराउने सम्झौता गरेका थिए । सोहि रकम मार्फत सिदार्थ माबिका बिद्यार्थीहरुले सहयोग पाएका हुन । स्बिडेनमा बस्ने नेपालीहरुका बालबालिकाहरुको खाजा खर्चबाट बचेको रकमले, यो अभियानको सुरुवात गरिएको बिद्यालयले बताएकाे छ ।

स्बिडेनको सहयोगमा बनेको २ कोठे भवनको उद्घाटन गर्न आउदा २० जना र फेरि ३३ जनाका लागि सहयोग गर्ने सम्झौता गरिएको थियो । सोहि सम्झौता अनुसार ६ महिनाको १ लाख ८७ हजार १४५ रुपैँया बिद्यालयले प्राप्त गरिसकेको छ । नमुना बिद्यालय बनाउने अभियनमा गरेको सहयोग प्रति बिद्यालय परिवारले स्बिडेनमा बस्ने नेपालीहरु प्रति आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार