• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

नदीमा बस खस्दा ३३ जनाको मृत्यु, १७ घाइते 


पुस ८, काठमाण्डौँ ।
भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । अधिकारीका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १ सय ५० किलोमिटर टाढा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो । बनास नदीमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ ।

नदीमाथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो । तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् । नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो संख्या ३३ पुगेको हो ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार