पुस ८, काठमाण्डाैँ ।
नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग गरेका छन् । विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव-सुविधा यथाशक्य व्यवस्थान नेकपाले विशेष माग समेत गरेको छ ।
”गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ । साथै जारी आन्दोलनप्रति समर्थन रहने कुरा समेत स्पष्ट गर्न चाहन्छ । म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति हाम्रो पार्टी गम्भीर भएको छ । सरकारले विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथाशक्य व्यवस्था गर्न विशेष माग गर्दछ” विज्ञप्तिमा भनिएकाे छ ।
यस्ताे छ विज्ञप्ति ।