दुर्गा वि.सी, लेकाली अनलाइन
पुस ८, सल्यान ।
सल्यानमा कर्मचारीको लापरबाहीले आफ्नै सहयात्री कर्मचारीलाई करेन्ट लागेको छ ।
जिल्लाको बनगाढ कुपिन्डे नगरपालीकाको केन्द्र सल्लीवजारमा विद्युत युनिटमा कार्यरत कर्मचारी मोतिलाल रानालाई आज पोलमा चढेको वेला सिम्ता सुर्खेत राकम युनिटमा कार्यरत कर्मचारीको लापरबाहीले करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते हुदाँ उनलाई उपचारकाको लागी नेपालगन्ज लगिएको छ । पोलमा करेन्ट लागेर विद्युतीय झट्काले फाल्दा राना गम्भीर घाईते भएका हुन् । रानालाई ढाड, हातखुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।
सल्लीवजारमा रहेको आर्मि व्यारेक तर्फको लाईनमा समस्या देखिए पछि लाईन मर्मतको लागि सल्लीकै माथिल्लो वजारमा रहेको पोलमा राना चढेका थिए । पोलमा चढेर काम गरिरहेको समयमा राकम युनिटले काटेको लाईन सञ्चालन गरिदिए पछि उनलाई करेन्ट लागेको बताएको छ । लाईनमा अवरुद्ध भए पछि राकम युनिटलाई १ घण्टा लाईन काट्न भनिएको थियो तर उक्त कार्यालयमा कार्यरत कर्मचारी ओकिल विष्टले १५ मिनेटमै लाईन सुचारु गरिदिदाँ दुर्घटना भएको जनाएको छ ।
यस क्षेत्रमा कर्मचारीको चरम लापरवाहिले दैनिक जसो सल्यानको सल्लीवजारमा विद्युत लाईन अनियमित हुने गर्दछ । स्थानीय बासिहरुका अनुसार राकम युनिटमा कार्यरत कर्मचारी दिउँसै मदिरा सवेन गर्ने भएकोले यस क्षेत्रमा दैनिक दिन लाईनमा समस्या हुदाँ समेत कर्मचारीले वास्ता नदिने वताएको छ । कर्मचारीमा पनि विद्युत लाईन सम्बन्धी दक्षता नहुदाँ पटक पटक यस क्षेत्रका नागरिक अन्धकारमा वस्न वाध्य भएका छन् । विग्रेको लाईन समयमा मर्मत नगर्ने,स्थानीयका गुनासा प्रति राकम युनिट र सल्ली युनिटका कर्मचारीले व्यवास्ता गर्ने गरेको जनगुनासा दैनिक दिन सुन्य गरिएको एक स्थानीयले वताए ।
राकम युनिटमा कार्यरत कर्मचारीले मदिरा सवेन गरेका कारण आज यो दुर्घटना भएको वताएको छ । वत्ती विग्रे पछि मर्मत गर्न जाँदा यातायातका साधान नभएकाले काम गर्न जान पाएन भनेर उनिहरु पन्छीने समेत गरेका छन् ।
फाइल फाेटाे