• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

बालविवाह अन्त्यका लागि सिम्ता गाउँपालीकामा संकल्प


दुर्गा वि.सी.
पुस ८, सल्यान ।
आर्थिक समाजिक संस्थागत विकासका लागि पुर्वाधार, सुशासन युक्त सम्वृद्ध सिम्ता गाउँपालीकाको आधार भन्ने मुल नारा तय गरिएको वालविवाह अन्त्य सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आज सुर्खेतको सिम्तालीमा सम्पन्न भएको छ ।

सिम्ता गाउँपालीकाको आयोजनामा भएको छोरीका निम्ती स्वर्णिम नेपाल महाअभियान तथा बालविवाह अन्त्य सम्बन्धी कार्यक्रममा हजारौ सिम्तालीको उपस्थिती रहेको थियो । विद्यालयका बालबालीका देखि युवा,व्ययवृद्ध तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सिम्ता गाउँपालीकाका हरेक क्षेत्रमा बालविवाह न्यनिकरण अभियानलाई सफल पार्न समाजिक अभियान्त नरवहादुर कार्कि र नेपालकी चर्चित नायीका रेखा थापाले प्रवचण दिएका थिए । बाल विवाहा अन्त्यमा सहयोग गर्न भिन्न तह र तप्कामा कार्यरत निकायले अठोट जनाएका छन् ।

समाजिक अभियान्ता कार्किले यो समाजमा जरो गाडि वसेको कु प्रथा वालविवाहलाई न्युनिकरण गर्नका लागि सुरुवाती काम गर्ने पहिलो गाउँपालीका सिम्ता सुर्खेत रहेको वताएको छ । यसलाई सफल वनाउन सवैको जरुरत परेको समेत वताइएको छ । त्यसै गरि कार्यक्रमकी चर्चित नारी तथा नायीका रेखा थापाले जव सम्म बाल विवाह निर्मुल हुदैन,त्यसैगरि नेपाल सम्वृद्धिको सपना देख्नु भनेको गल्त हो । समाजको विकासका निम्ती यस्मा परिवर्तन गर्न आह्वान गरेको वताएको छ । सिम्ता गाउँपालीका सुर्खेतका अध्यक्ष कविन्द्र कुमार के.सी.को यो सर्हानिय काम प्रति सिम्ताली जनताले निक्कै प्रसंसा गरेका छन् ।

विकासको मुल मेरुदण्ड भनेको कुसंस्कार र कुरतीको परिवर्तन भए पछि मात्रै अन्य कुराको परिवर्तन हुने भएकाले अध्यक्ष के.सीको गाउँपालीकामा उहाँको कार्यको सिम्ताली नागरिकले भुल्न नसक्ने वताउने गरेका छन् । साथै आज नै सिम्ता समग्र सिम्ताको आम परिवर्तन र विकासको लागि गुरु योजना समेत तय गरिएको छ । सिम्ताको विकासमा हातेमालो गर्न सवै निकायलाई आह्वान समेत गरिएको छ ।गाउँपालीकाको चालु वर्षको विनीयोजित विकासे रकमको सवै काम उपयुक्त समयमा सुरु भएकाले सहि सदपयोगका साथ काम गर्न अनुरोध गरिएको छ । साथै सिम्ता क्षेत्रको शैक्षिक,भौतिक र अन्य विकासको लागि पञ्च वर्षिया गुरु योजना समेत तयार गरिएको छ ।

छोरीका लागि स्वर्णिम नेपाल नामकरण दिएर बालविवाह न्यनिकरण सम्बन्धी देश व्यापीरुपमा यसलाई सफल पार्न समाजिक अभियान्ता नरवहादुर कार्कि र नायीका रेखा थापाले देशका सवै महानरपालीका,उप माहानगरपालीका,नगरपालीका र गाउँपालीकाका प्रमुखलाई यसै कार्यक्रम मार्फत जुटन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार