• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

आँधीका कारण १ सय ८० भन्दा धेरैको मृत्यु


पुस ९, काठमाण्डौँ ।
फिलिपिन्समा आएको शक्तिशाली आँधी बेहरीका कारण मृत्यु हुनेको संख्या एक सय ८० नाघेको छ ।

फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको टिम्बेनआँधीका कारण ठूलोमा मात्रामा मानवीय तथा भौतिक क्षति भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । अझै पनि धेरै मानिस हराइरहेको सरकारी अधिकारीले बताएका छन् । आँधी बेहरीका कारण सबैभन्दा बढी फिलिपिन्सको दिक्षणी क्षेत्रमा रहेको मिन्दानाओ टापु प्रभावित भएको छ । ८० मिलोमिटर प्रति घण्टाको गतिमा रहेको आँधी मिन्दानाओबाट दक्षिणमा पर्ने पलावानतर्फ अघि बढेको छ ।

बाढीले मिन्दानाओ टापुका केही गाउँ नै बगाएको छ । हराइरहेकाको खोजी भैरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।फिलिपिन्सकै अर्को खबरमा दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा धेरै मानिसको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । दाभाओमा रहेको सपिङ मलमा आज बिहानै आगलागी भएको हो । अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

आगलागीका कारण मलको चौथो तलमा रहेको कल सेन्टरका कर्मचारी फसेका छन् । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले कम्तिमा २५ जनाको मृत्यु भएको हुन सक्ने जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष ९ गते आइतवार