लेकाली अनलाइन
पुस ९, चितवन ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको बताएका छन् ।
अाज चितवनमा वाम बुद्धिजिवीहरुले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । प्रचण्डले भने ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो,’ । एमाले र माओवादीबीचको पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनको तर्क छ । एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै अब कसैले रोमेर नरोकिने प्रचण्डले बताए ।
संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको पनि बताएका छन् । उनले भने, ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’
प्रचण्डले प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्न नहुने बताएका छन् । ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’ प्रचण्डले भने ।