लेकाली अनलाइन
पुस १०, काठमाडौं ।
नेकपा माअाेवादी केन्द्रका केहि नेताहरुले पार्टी पुनर्गठन गर्ने बताएका छन् ।
एमालेसँग प्रचण्ड लगाएकाे समुह विलय हुन लागेकाे भन्दै उनिहरुले माअाेवादी पार्टीलार्इ पार्टी पुनर्गठन गर्ने बताएका हुन । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले पार्टी एकताको कामलाई तीव्रता दिइरहेका बेला माओवादी केन्द्रका गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) लगायत नेताहरुले अाफुहरु एमालेसँग कुनै पनि हालतमा एकता नहुने बरु माअाेवादीलार्इ पुनर्गठन गरेरै छाड्ने बताएका हुन्। तर उनले घुमाउराे पारामा एमालेले माक्र्सवाद र लेलिनवाद मानेमा एकता स्वीकार्ने सक्ने बताए बताएका छन् । एमाले र माओवादी केन्द्रले माओवाद छोडेर समाजवाद स्थापना गर्न नसक्ने दावीसमेत उनले गरेका छन् ।
“म माओवादीको पुनर्गठनमा लाग्छु । पार्टीले कम्युनिष्टहरुलाई छोड्दैछ । सच्चा कम्युनिष्टहरु हामी एक ठाउँमा नै रहन्छौं । आहुतीजीलगायत केही युवा साथीहरुसँग कुरा भइरहेको छ,” माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल किराँतीले भने ।
पार्टी एकताको विषयमा आफूहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत केही नेताहरुले ढाँटेको आरोपसमेत उनले लगाए । “माओवादी केन्द्रका कैयौ नेताहरु आत्मसमर्पणको तयारीमा छन् । हामी त्यसरी आत्मसमर्पण गर्दैनौं,” किराँतीले भने, “एमालेसँग गठनबन्धन कायम राखे भइहाल्यो, किन लाचार भएर एकतामा हामफाल्न पर्यो भनेर अध्यक्षलगायत केही नेताहरुलाई भनिराखेका छौं । उहाँहरुले हामीसँगको भेटमा त्यस्तो होइन भन्नुहुन्छ, भाषणचाहिँ अर्कै गर्नुहुन्छ ।”
माओवादी केन्द्रका सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुती)ले पनि पार्टीमा छलफल नै नगरी एकता गर्न लागिएको बताए । उनले भने, “कुनै पनि नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी एकता गर्न खोज्नु कार्यकर्ताको अपमान हो । कार्यकर्तालाई एक रात पनि सोच्न नदिई माथिका दुईचार जना नेताहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन् । यो निर्णय अलोकतान्त्रिक छ ।”
माओवादी नेतृत्व सैद्धान्तिक आधार छोडेर एमालेको लाइनमा हिँडिरहेको आरोपसमेत उनले लगाए । आहुतीले भने, “माओवादीले आफूलाई फरक देखाउन विभिन्न सैद्धान्तिक आधारहरु लिँदै आएको थियो । अहिले एमालेसँग एकता गर्ने निर्णय भएदेखि पार्टी पूरै एमालेको लाइनमा हिँडेको छ ।” एमालेसँग एकता कम्युनिष्ट आन्दोलनको विसर्जन र पुँजीपति वर्गको लागि भएको पनि उनको तर्क छ ।