पुस १०, गोरखा ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यस पटकको निर्वाचनमा आफुलाई जनताले नपत्याएको बताएका छन् ।
गोरखामा बसेको निर्वाचन समिक्षा बैठकमा नेता श्रेष्ठले पार्टीबाट सहयोग भएकाे तर जनताले अाफुलार्इ नपत्याएकाे स्पष्ट पारेका हुन् । उनले भने ‘ पार्टी अध्यक्षले नै असहयोग गर्नुभयो भन्ने हल्ला मात्रै हाे पार्टीबाट सबैले सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ नेता श्रेष्ठले मतदाताहरुलाई धन्यवाद दिम्दै आफुले हारे पनि देशैभर वामपन्थीको शानदार विजय भएकोले खुसि रहेको बताए ।
एमाले र माओवादीको पार्टी एकतालाई चाँडो टुंगोमा पुर्याउने बताएउँदै नेता श्रेष्ठले सरकार गठन अघि पार्टी एकता गर्न पहल भइरहेको बताए ।