• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

भूकम्प प्रभावितलाई दिने पाँच करोडको राहत कुहियो


पुस ११, काठमाण्डौँ ।

नुवाकोटका भूकम्प प्रभावितलाई वितरण गर्न ल्याएको राहत सामग्री लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्न व्यवस्थापन गर्न शुरु गरेको छ ।

पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो । भण्डारण गरिएको राहत वि.सं २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासन र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो । भूकम्प पीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुर स्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

भूकम्प लगत्तै प्राप्त भएको पाँच करोडभन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहुँदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भने, “बन्दोबस्तीका सामग्री समेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।” लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तन समेत प्रयोग गर्न नमिल्ने भएका छन् ।

भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधि लगायत रहेका छन् । राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए ।

याे पनि पढ्नुहाेस्  भूकम्प प्रभावित भए बेखबर ! के भन्छ पुनर्निर्माण प्राधिकरण ?

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार