• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

एकाबिहानै काठमाडौंमा बस दुर्घटना ! १७ जना घाइते, ३ काे अबस्था गम्भीर


पुस ११, काठमाडौं ।

अाज बिहानै काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। ३ जना भने गम्भीर घाइते भएका छन् ।

कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएकाे हाे  ।  घाइते अधिकांश कालिमाटीमा तरकारी बेच्न हिँडेकाहरू रहेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजका आधारमा दुर्घटना अाज बिहान सबा ३ बजे घटेको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। चालक भने फरार छन्। बिजुलीको ट्रान्सफर्मर रहेको पोलमा बस ठोक्किएको थियो भने पोलले बसलाई थिचेको छ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार