• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

यसरी मनाइयाे सल्यानमा ख्रीष्टमस डे ? (फाेटाेफिचर)


लेकाली अनलाइन
पुस ११, सल्यान ।
इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस डे सल्यानमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसर सोमबार खलंगामा रहेको सिनै एजि चर्चमा संस्कृतीक तथा धार्मीक नाचगान, नाटक, प्रवचन गरिएको चर्चका पास्टर जंगबहादुर ओडले बताएका छन् । कार्यक्रममा खिस्टीयन लगाएत अन्य जनसमुदायीहरुको उपस्तिथी रहेको थियो ।     नेपालमा ४०० वर्ष अघि देखि ख्रीष्टमस मनाउन थालिएको हो । अहिले नेपालमा १२ हजार भन्दा धेरै चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले जनाएको छ । ख्रीष्टमस डे को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा पनि दिएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार