• २०७८ बैशाख ३१ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली बन्नुहुन्छ ः लालबाबु पण्डित


पुस ११, काठमाण्डौँ ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् ।

आज रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने उनले जिकिर गरेका छन् । उनले भने “आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं ।’’ नवनिर्वाचित सांसद समेत रहेका नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारेपनि अहिले छलफल चलिरहेको जानकारी दिए ।

एकताबाट भाग्न नहुने
सोहि कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागिमात्रै नभएकोले एमाले–माओवादी केन्द्रवीच तत्काल पार्टी एकता हुने विश्वास दिलाएका छन् । शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री देउवाले राजिनामा नदिने
त्यस्तै सोहि कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेसका नेता एन.पी. साउदले राष्ट्रिय सभाको गठन नभईकन प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिने दाबी गरेका छन् । उनले भने “निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन, त्यसैले हामी राष्ट्रिय सभाको गठन भएपछिमात्रै सरकारबाट बाहिरिन्छौ ं। ’’

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार