• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

रोल्पामा यस्तो खालको नाटक भयो


मनिषा राई
पुस ११, रोल्पा ।
रोल्पाको सदरमुकाम लिवाङमा सद्भावका लागि साँस्कृतिक सहिष्णुता सम्बन्धि साँस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ ।

विविध जाति, धर्म र साँस्कृतिक समुदायमा सद्भाव अभिबृद्वि गर्ने सन्देश दिने उदेश्यले साँस्कृतिक प्रस्तुती र सडक नाटक गरिएको हो । हरप्लेस रोल्पाको आयोजना र सुनछहरी कला केन्द्र रोल्पाको प्रस्तुतिमा सन्चालित कार्यक्रममा एक जातिले अर्को जातिको सँस्कारको सम्मानले सद्भाव बढ्ने हरप्लेस रोल्पाका जिल्ला संयोजक खेमबहादुर बुढाले बताए ।

नाटकमा कलाकारले फरक फरक समुदाय र जातिको सँस्कारको अपमान गर्दा समाजमा सम्बन्ध बिग्रने भएकाले सबैले सबैको सँस्कारप्रती सहिष्णु बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिएका थिए । कलाकार टेकेन्द्र सेनको नेतृत्वको कला समुहले मगर, गुरुङ, ठकुरी, खस आर्य जातिको साँस्कृतिक झलक सहितका नृत्य समेत देखाएका थिए । सामुहिक नृत्य, एकल गित र नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर मनोरञ्जन लिएका थिए ।

मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल हरप्लेसले सबै समुदायले आफ्नो सँस्कृति र धर्म अंगाल्न पाउनु मानव अधिकारको सवाल भएकाले बिबिधतामा एकता आवस्यक रहेकोप्रति जोड दिन साँस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार