• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

सांसदलाई नै ऋण तिर्न रुकुममा बैंकले गर्याे सार्वजनिक सूचना


पुस १२, रुकुम ।

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई बैंकले नै ऋण तिर्न सार्वजनिक सूचना गरेको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (९क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि मंगलबार सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।
कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन गर्ने भन्दै  ४ लाख ऋण लिएको बताइएको छ । संस्थाको तत्कालीन अध्यक्ष हुँदा २०६८ सालमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत लिएको रकमको अहिलेसम्म ब्याज र साँवा कति पनि नतिरेको बैंकको भनाइ छ ।

उक्त संस्थाले मासिक रुपमा ९ प्रतिशत ब्याज तिर्ने शर्तमा युवा स्वरोजगार अन्तर्गतको रकम लिएको थियो । रातो कामी प्रदेशसभा सदस्यसमेत भइसक्दा उनले नेतृत्व गरेको संस्थाले लिएको साँवा र ब्याज तिर्न नसकेको बैंकका सूचना अधिकारी जोखबहादुर खड्काले जानकारी दिए । बैंकले बेलाबेलामा पत्र तथा जानकारी गराएपनि उनी साँवा र ब्याज तिर्ने नआएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार