• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश नं. ५ को राजधानी नेपालगञ्ज नभए ६ नं. प्रदेशमा मिसिने बर्दियाबासीको चेतावनी


पुस १२, बर्दिया ।
राजधानी माग गर्दै देशभर नै चर्को बहस भइरहेका बेला बर्दियाबासीले ५ नम्बर प्रदेशको राजधानी नेपालगञ्ज तोक्न माग गरेका छन ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाउदै उनीहरुले राज्यले आफना माग नसुने संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । “हामीलाई बुटवल ज्यादै टाढा पर्छ’ ज्ञापन पत्र बुझाउने टोलीको अगुवाई गरेका विद्या खनालले भने ‘त्यो भन्दा त हामीलाई सुर्खेत पुग्न नजिक पर्छ, बुटवल राजधानी हुने भए हामी प्रदेश ५ बाट अलगिन्छौ र ६ नम्बर प्रदेशमा मिसिन्छौ ।’

सबैलाई पायक पर्ने स्थानमा राजधानी तोक्न उनिहरुले माग गरेका हुन । प्रदेश नम्बर ५ को राजधानी बुटवल तोकिने सम्भावना रहेको आशंका बर्दियाबासीलाई छ । राजधानी बुटवल र दाङ कहाँ हुने भन्ने विषयमा बैचारिक विवाद चर्किएका बेला नेपालगञ्ज राजधानी बनाउन बर्दियाबासीले माग गरेका हुन ।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार