• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्ड-अोलीबीच भएको ‘वान टू वान’ वार्ता सकियो, यस्तो भयो सहमति


पुस १२, काठमाडौँ ।

पार्टी एकता र नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच ‘वान टू वान’ भेटवार्ता सम्पन्न भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको थियो। अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो। छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उनिहरु बीच कुराकानी भएको थियो। निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भयो।

दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार