• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

आलुको बोक्रा नफालेर खानुहाेस्, बाेक्रा सहितकाे अालु खाँदा यस्ताे छ फाइदा ?


पुस १३, काठमाण्डाेँ । 

हरेकको भान्सामा, हरेक छाक पाक्छ आलु । आलुको अनेक परिकार बन्छ । आलुलाई जसरी पनि खान सकिन्छ । उसिनेर खाए भयो, फ्रार्इ गरे भयो । अरु तरकारीसँग मिसाउन सकियो । अचार बनाएर खान सकियो । तरकारी, खाजा सबै रुपमा आलु उपयोगी हुन्छ । पाचन यन्त्रमा सुधार, उच्च रक्तचाप नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन आलु उपयोगी मानिन्छ । आलु स्वादिलो त हुन्छ नै, पौष्टिक पनि ।

आलुमा के पाइन्छ ?

  1. एउटा आलुमा १ सय १२ क्यालोरी उर्जा हुन्छ ।
  2. २ प्रतिशत प्रोटिन हुन्छ ।
  3.  १ प्रतिशत खनिज हुन्छ ।
  4.  ८० प्रतिशत पानी हुन्छ ।
  5.  सय ग्राम आलुको खानयोग्य भागमा २२ दशमलव ९ प्रतिशत कार्वोहाइड्रेट हुन्छ ।
  6.  ० दशमलव ६ ग्राम मिनरल्स हुन्छ ।
  7. आलु भिटामिन सिको राम्रो स्रोत हो ।

तर, गल्ती गर्छौ

यद्यपी आलु पकाउने क्रममा हामी यस्तो गल्ती गर्छौ, जसले यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । र, आलुको पोषक तत्व त्यसको बोक्रामा बढी हुन्छ, जुन हामी ताछेर मिल्काउँछौ ।

आलुको बोक्रा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

  1. बोक्रासहित आलुको तरकारी पकाउँदा यसको स्वाद त बढ्छ नै अतिरिक्त पोषण पनि प्राप्त हुन्छ । किनभने आलुको बोक्रा पोषक तत्वले भरिपूर्ण हुन्छ ।
  2.  बोक्रासहित आलुको सेवनले फाइबर पनि प्राप्त हुन्छ र पाचन सम्वन्धि समस्याहरुको सामना गर्नु पर्दैन ।
  3. आलुको बोक्राको सेवनले तपाईंको मेटाबोलिज्म मात्र बढाउँदैन कि शरीरमा आइरनको कमी पनि पूरा गर्छ र एनीमियाबाट पनि बचाउँछ । आलुको बोक्रा आइरनबाट भरपुर हुन्छ ।
  4. स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यका निम्ति पनि आलुको बोक्रा लाभदायक हुन्छ । आलुको बोक्रालाई छालामा रगड्दा छालाको चाउरीपन तथा दाग धब्बाबाट बच्न सकिन्छ ।
  5. आलुको बोक्राले कपाललाई पनि मजबुत बनाउन सहयोग गर्छ । गर्मीमा त्वचालाई शीतलता प्रदान गर्न पनि आलुको बोक्रा काम आउँछ ।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार