• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे दहखोला देखि लेखपोखरा हुदै दाङ तुलसीपुर सम्म बस गुड्दै


लेकाली अनलाइन
पुस १३, सल्यान ।

सल्यानको क्षत्रेश्वरी गाउँपालिका वडान १ दमाचौर दहखोला बाट दाङ तुलसीपुरको लागी नियमित बस सेवा संचालन हुने भएको छ ।

यात्रुहरुको मागलाई ध्यानमा राखि सल्यान रुकुम यातायात ब्यवसायी समिती सल्यानले पुस १४ गते देखि लागू हुने गरि नियामित रुपमा गाडी संचालन गर्ने भएको हो। पुस ११ गते शाखा कार्यालय बागचौरमा बसेको कार्य समितिको बैठक बाट उक्त निर्णय गरिएको सल्यान रुकुम यातायात ब्यवसायी समितिका बरिस्ठ उपाध्यक्ष डम्बर बहादुर कवरले जानकारी दिएका छन् ।

स्थानीय बासिको माग र सडकको स्तर सुधार र रोल्पा सुकिदह, सल्यान दमाचौर, लेखपोखरा लगाएतका ठाउँका जनतालाई दाङ सम्म पुग्न सहज हुने उदेश्यले उक्त रुढमा दाङ बाट सिधा बस संचालन गर्न लागिएको उपाध्यक्ष कवरले बताए । उक्त रुढमा सल्यान रुकुम यातायात ब्यवसायी समिति र राप्ती अञ्चल सार्बजनिक यातायात बस समितिका गाडिहरु नियमित रुपमा संचालन गरिने उनले बताएका छन् ।

सल्यान दमाचौर दहखोला देखि प्रत्येक दिन बिहान ८ बजे र दाङ तुलसीपुर देखि बिहान ९ः४५ बजे गाडी छुटाउने समितिका डाइल इन्चार्ज सोभाकर थापा (सुनिल)ले जानकारी दिए । साथै अन्य ठाउँहरुमा पनि यात्रुहरुको माग र सडकको स्तर सुधार अनुसार ठुला तथा साना गाडी संचालन गर्ने तयारिमा आफुहरु रहेको सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका अध्यक्ष लोकमान बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार