पुस १३, दाङ ।
तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ टरिगाउँ निबासी बिष्णु बस्नेतको घरमा झ्यालको पल्ला ठोक्ने क्रममा सल्यान कालिमाटिका २७ बर्षीय धर्मराव सुनारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बिहिबार बिहान ११ बजेतिर करेन्ट लाग्दा घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको साढे १२ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेमा एउटा अनौंठो घटना घटेको छ । त्यहि ठाउँ बस्ने एकजना ६४ बर्षीया महिलालले आफ्नै पतिका चारवटा औंला काटेर पोलेर खाएको प्रहरीले जानकारी दिएको छ । भमके निवासी ६४ बर्षीया रिसमी महतराले आफ्नै ६४ बर्षीय पति चन्द्रबहादुर महताराको बुधवार साँझ चारवटा औंला काटेर पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । बुधवार साँझ मदिराले मातेर आएका चन्द्रबहादुरलाई समातेर गरासीले चारवटा औंला काटेर पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।
‘दायाँ हातको बुढी औंला बाहेक अन्य सबै औंला गराँसीले काटेर पोलेर खाएकी हुँ ।’ रिसमीले प्रहरीले विहीवार विहान प्रहरी समक्ष दिएको बयान यही हो । घाईते चन्द्रबहादुरलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विहीवार विहानै बाँकेको कोहलपुर रेफर गरिएको छ । बुधवार बेलुका साढे ६ बजेतिर भमके स्थित घरमै रिसमीले पति चन्द्रबहादुरका चारवटा औंला काटेर पोलेर खाएको भएपनि घटना विहीवार विहान मात्रै प्रहरीलाई जानकारी दिइएको ईप्रका प्रमुख सापकोटाले बताए । विहीवार विहान ६ बजे मात्रै चन्द्रबहादुरलाई उपचारकालागि तुलसीपुरको अञ्चल अस्पतालमा ल्याएपछि घटना सार्वजनिक भएको हो । रिसमी चन्द्रबहादुरको पहिलो पत्नी हुन । तर चन्द्रबहादुरले उनी भन्दा पछि थप ६ वटा श्रीमती विहे गरेका थिए । हाल भने चन्द्रबहादुर संग रिसमी मात्रै बस्दै आएकी थिइन ।
छोरा छुट्टीएर अलगै बस्दै आएका थिए भने छोरीहरु सबैको विहे भइसकेको थियो । त्यसैले चन्द्रबहादुर र उनकी पत्नी रिसमी मात्रै एक्लै बस्दै आएका थिए । तर चन्द्रबहादुरले बुढेसकालमा पनि संधै मदिरा सवेन गरि यातना दिने गरेको र वारम्वारको यातना सहन गर्न नसकी आवेगमा आएर आफुले पतिको औंला काटेर पोलेर खाएको भन्ने वयान रिसमीले प्रही समक्ष दिएकी छन् ।