पुस १३, सल्यान ।
सल्यान जिल्लामा सञ्चालन गरिएको सि.सं. ४४ जुनियर डिभिजन तालिमको ७९ दिन पुरा भएको छ ।
शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त कार्यक्रम राष्ट्रिय सेवा दल तालिम जिल्लाको महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटामा सञ्चालन गरिएको थियो । असार ६ गते देखी शुरु भएको तालिममा १८ जना छात्रा र १८ जना छात्र गरेर ३६ जनाको सहभागिता रहेको थियो । एक सय दिनको निःशुल्क तालिमको ७९ दिन पुरा भएको छ भने २१ दिने क्याम्प टे«निङको लागी कोहलपुर जाने आयोजकले जनाएको छ ।
तालिममा बिद्यार्थीहरुलाई मास पि.टि., व्यक्तित्व विकास, नेतृत्व विकास, तनाव व्यवस्थापन, खुकुरी ड्रिल, कराते, तेक्वान्दो, एरोविक्स, साँस्कृतिक नृत्य, विपद व्यवस्थापन, प्राथमिक उपचार लगाएतका बिषयमा जानकारी दिईएको थियो । आज पिपलनेटामा एक कार्यक्रमको आयोजना गरेर उनीहरुले सिकेको सिप कला प्रर्दशन गरेका छन् । सुगन्ध कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगर उपप्रमुख साबित्रा बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, सेनानी बिदुर अधिकारी, प्रहरी प्रमुख भरत कुमार बिक, वडा अध्यक्ष सुदन बिष्ट, नेपाल रेडक्रस सोसाईटी सल्यानका मन्त्री ईन्द्र कुमार शर्मा, कृष्ण बहादुर श्रेष्ठ, रोम प्रकाश थापा लगाएतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नेहरुले बिद्यालयको पढाईले विद्यार्थीहरुको चौतर्फि विकास हुन नसक्ने भएकाले अनुसासन, देशभक्ति, आत्म रक्षा लगाएतका सकारात्मक कुराहरु सिकाउन यो तालिम फलदायी भएको बताएका थिए । साथै यस तालिमले युवा बर्गहरुलाई शारिरीक, मानसिक र बौद्धिक रुपमा विकसित गरी सकारात्मक परिबर्तन तर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।