• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

ओली र प्रचण्ड दुवै सह–अध्यक्ष हुनुहुनेछ ः शंकर पोखरेल


पुस १४, काठमाण्डाैँ । 

एमाले नेता शंकर पोखरेलले नेकपा माअाेवादी केन्द्र र नेकपा एमाले पार्टी एकता नभएसम्म दुई सह–अध्यक्ष ढाँचाबाट पार्टी अगाडि बढ्ने नेता  बताएका छन् । ‘एकता नभएसम्म ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुनुहुनेछ’, पोखरेलले भने, ‘दुई नेताको सहमतिमा नै पार्टी चल्छ ।’ अबको पाँच बर्षको लागि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने पाेखरेलले बताएका  छन् ।

पत्रकार सँग कुरा गर्दै नेता पाेखरेलले चुनावको परिणामले नै प्रधानमन्त्रीमा ओलीलाई अनुमोदन गरिसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै ओली प्रधानमन्त्री हुने कुरा स्वीकार गरिसकेको पोखरेलले जिकिर गरे । ‘प्रधानमन्त्रीको विषयमा कुनै समस्या नै छैन, अब प्रधानमन्त्री केपी ओली नै हो’, उनले थपे ।

पार्टी पूर्णरुपमा एकता नभएसम्म ‘ज्वाइन्ट लिडरसिप’ मा अघि बढ्ने उनको भनाइ थियो । ‘संकमणकालिन अवस्थामा ‘ज्वाइन्ट लिडरसिप’को हुन्छ । एकता नभएसम्म एकल भन्दा दोयल लिडरसिपको कुरा बढी स्थापित हुन्छ’, पोखरेलले प्रष्ट पारे ।

पार्टी मिल्न कम्तिमा २ वर्ष
उनले पार्टी एकताप्रति एमाले र माओवादी दुवै पार्टी प्रतिबद्ध रहेको बताए । ‘प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ । निश्चित समय र प्रक्रियाको माग गर्छ भन्ने बुझ्न जरुरी छ’, पोखरेलले भने, ‘यो काम निश्चित समयमा अगाडि बढ्छ ।’ उनले प्रक्रियामा चासो नराख्ने र परिणामको अपेक्षा गर्ने प्रवृति सञ्चारमाध्यममा प्रकट भएकोले अन्यौलता बढेको स्पष्टिकरण दिए ।

एमालेको रणनीतिकारका रुपमा परिचित नेता पोखरेलले पार्टी एकतामा सैद्धान्तिक सहमतिपछि सरकार गठन हुने बताए । पोखरेलले पार्टी एकताले पूर्णता पाउन कम्तिमा दुई वर्ष लाग्ने बताए । उनले भने, ‘दुई पार्टी एक हुने कुरा हो, यसको लागि एउटा लामो कोर्ष हुन्छ’, पोखरेलले भने, ‘एकल नेतृत्वको लागि अधिवेसन पर्खनु पर्छ , पूर्णरुपमा पार्टी एकता हुन त डेढऔदुई वर्ष लाग्छ ।’

उनले आलोपालोको विषय एकतापूर्वको अवधारणा मात्र भएको बताए । ‘आलोपालोको विषय एकता नहुँदासम्मको विषय हो । एकतापछि कार्यविभाजन प्रमुख विषय हुन्छ, ’उनले भने, ‘चुनावी तालमेलको समयमा दुई पार्टीबीच छलफलमा प्रयोग गरिएको भाषालाई चर्चामा ल्याउन खोजिएको छ । एकतापछि त आलोपालोको कुरा हुँदैन । एउटै नीति कार्यक्रम हुन्छ, एउटै नेतृत्व हुन्छ ।

 

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार