• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

नेकपाकाे जनप्रतिनिधिमाथि कारवाही, यस्ताे छ पहिलाे ५ कारण सहितकाे भौतिक एक्सन ?


पुस १४, भोजपुर ।

चुनावलाई खारेज गरेर समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधिमाथि जनकारवाही सुरु गरेको छ ।

स्थानीय तहमा गएका विकास निर्माणका योजनालाई मनपरी रुपमा र राजनीतिक अास्थाका कारण पूर्वाग्रह राखेको र नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र फाइदा पुग्ने गरी बजेट बाँडेकोले चेतावनी स्वरुप कारवाही गरेको नेकपा भोजपुरले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट भोजपुरको पूर्वी अरुण गाउँपालिका– १ का वडाध्यक्ष नगेन्द्र खत्रीलाई नेकपाका कार्यकर्ताहरुले कुटपिट गरेको छन् । नेकपा भोजपुरका इन्चार्ज ग्यानुले विज्ञप्ति निकालेर खत्रीलाई चेतावनी स्वरुप कारवाही गरेको बताएका छन् ।
नेकपाले जारी गरेको विज्ञप्तिमा अाफ्नो पार्टीले गरेको अपीललाई बेवास्ता गर्दै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई भोट मागेको, नेपाल सरकार र दातृ निकायबाट वडामा अाएको बजेटमा भ्रष्टाचार गरेको तथा मनपरी बजेट बाँडेको उल्लेख छ ।

त्यसैगरी इन्चार्ज ग्यानुले खत्रीले निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको र चुनावको बेलमा अाफ्नो पार्टीविरुद्ध सुराकी गरेको समेत बताएका छन् । गम्भीर घाइते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। खत्री खतरामुक्त रहेको बताइएको छ । कार्यालय जाँदै गर्दा खत्रीलाई बाटोमा नेकपा कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो जनप्रतिनिधिमाथि नेकपाको पहिलो भौतिक कारवाही हो ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार