• २०७७ माघ ६ गते मङ्गलवार
  • Preeti To Unicode

अब बिरामीले पाउने भए भत्ता, कुन बिरामीले कति ?


पुस १४, काठमाण्डौँ । 
दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र पक्षघात भएका विरामीले केहि दिन भित्र भत्ता पाउने भएका छन् ।
हिजोको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएकालाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । अब तत्काल कार्यविधी बनाएर त्यस्ता विरामीलाई सहजै भत्ता उपलब्ध गराउने तयारी स्वास्थ्य मन्त्रालयलेथालेको छ ।
स्वास्थ्य मन्त्री दीपक बोहराले विरामीको स्वास्थ्य लाभ र जिविकोपार्जनका लागि सघाउ पुगोस् भनेर यस्तो निर्णय गरिएको बताएका छन् । अब एक साता भित्र कार्यविधी बनाएर मन्त्री निर्णय लागु गरिने उनले बताए ।
यस्ता विरामी लागि भत्ता वापत दिइने रकम वार्षिक २ अर्ब भन्दा बढि हुनेछ र त्यो रकम सुर्तीजन्य उत्पादनमा लगाईएको कर वापत आएको आम्दानीबाट जुटाईनेछ ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार