• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

रोल्पामा गाउँपालिकाको निर्णय विरुद्ध विराेध जारी


मनिषा राइ
पुस १४, रोल्पा ।
सुवार्णावति गाउपालिकाको नाम परिवर्तन सम्बन्धि ल्याएको प्रस्तावको निर्णय बिरोधमा एमालेका खिमचन्द्र पुनको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

साथै संघर्ष समितिले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ । ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नाराबाजी पनि संघर्ष समितिले गरेको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए ।

हाल कांग्रेस सरकार हुदा पनि कांग्रेसले बिरोध गरीरहेको र पछि एमालेको सरकार हुदा पनि एमालेले नै बिरोध गरीरहेको हुनाले नाम परिवर्तन हुने अवस्था नदेखिएको स्थानियहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार