• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

गुणस्तरहिन खाद्य वस्तु उत्पादन गर्ने उद्योगालाई सरकारले कारवाही गर्ने


पुस १४, काठमाण्डौँ ।
मानव स्वास्थ्यका लागि हानिकार खाने तेल र घिउ उत्पादन गर्ने उद्योगलाई सरकरले कारवाही गर्ने भएको छ ।

खानका लागि अयोग्य घिउ र तेल उत्पादन गरी बजार पठाएको खुलासा भएपछि सरकारले विभिन्न ११ वटा उद्योगलाई छानविन कारवाही गर्ने भएको हो । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले दोषी देखिएका उद्योगलाई छानविन गरी कारवाही गरिने बताए । साथै उनले बजारमा पुगेका म्याद गुज्रेका, गन्ध आउने तथा रंग परिवर्तन भएका खाद्य सामाग्री प्रयोग नगर्न उपभोक्तासँग आग्रह गरेका छन् ।

यस्ता अयोग्य खाद्य पदार्थ प्रयोग गर्दा झाडापखला, फुड प्वाइजन, टाईफाईट, कमलपित्त, पाचन प्रणाली, कलेजो र मृगौला सम्बन्धी रोग लाग्ने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार