• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सरकार नबन्दै ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा


पुस १४, काठमाडौं।

प्रधानमन्त्री नबन्दै एमाले अध्यक्ष केपि अाेलीलार्इ प्रधानमन्त्रीकै सरह सुरक्षा दिइएकाे छन् ।

प्रहरी प्रधान कार्यालयले छिट्टै प्रधानमन्त्री हुन लागेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको बताएकाे छ । ओलीको सुरक्षाका लागि बुधबारदेखि डिएसपी खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएकोमा बुधबारबाट डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ ।
बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार