• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

हिजो युद्ध र विद्रोह गरेपनि अब मेराे बाँकी जीवन शान्ति र समृद्धिका लागि हाे : प्रचण्ड


पुस १४,  काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो युद्ध , विद्रोहको नेतृत्व गरेको भएपनि अबकाे आफ्नो बाँकी जीवन शान्ति र समृद्धिका निम्ति नै खर्चिने  बताएका छन् ।

ब्रह्मकुमारी राज योग सेवा केन्द्रले शुक्रबार बिहान ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रण्डले अहिले हामी राष्ट्रलाई एकताबद्ध गर्ने, शान्ति कायम गर्ने, सुशासन कायम गर्ने र समृद्धितिर देशलाई लैजानैतिर नै केन्द्रित भएकाे बताएका छन् ।’ प्रचण्डले भने, ‘मैले निर्वाचन अभियानका क्रममा पनि भनेको छु, अब बाँकी जीवन शान्ति र समृद्धिको निम्ति, राष्ट्रको एकता र स्वाभिमानको निम्ति।

‘ प्रचण्डले अघि भने, ‘हिजो युद्धको नेतृत्व गरेको, विद्रोहको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्दा कता-कता के हो भन्ने लाग्न सक्छ ! तर, इतिहासमा हेर्‍यो भने युद्धमा लाग्ने मान्छेले नै शान्तिको महत्त्व सबैभन्दा धेरै बुझ्ने र शान्ति कायम गर्न लाग्ने गरेको हामी पाउँछौँ।’ त्यसक्रममा उनले अशोकाले बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन खेलेको भूमिका स्मरण गरे।

 

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार