• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

जलजला बहुमुखि क्याम्पस रोल्पाद्धारा प्रथम बर्षका बिधार्थीहरुलाई स्वागत


मनिषा राई
पुस १४, रोल्पा ।
जलजला बहुमुखि क्याम्पस रोल्पामा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरिएको छ ।

क्याम्पसमा अध्ययनरत दोस्रो, तेस्रो र चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी गोमा डाँगिको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष चिन्तामणि आचार्यले क्याम्पसलाइ डिग्रि सम्म स्तर उन्नति गर्ने उदघोष गर्दै विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

त्यसैगरी बिशिष्ट अतिथि क्याम्पस प्रमुख विष्णु आचार्यले क्याम्पसमा विद्यार्थीहरुको सक्रियताले सकारात्क भुमिका खेल्नुको साथै नतिजा पनि राम्रो आउने बताएका छन् । त्यस्तै कार्यक्रमका अतिथि अखिल क्रान्तिकारी रोल्पाका सचिव अशोक वली परिवर्तनले नया विद्यार्थीहरुलाई स्वागत संगै प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले जलजला बहुमुखि क्याम्पसको निर्माणाधिन भवन यथासिघ्र काम सम्पन्न गरेर हस्तान्तरण गर्न निमाण व्यबसायीलाई अनुरोध गर्दै क्याम्पसका समस्या समाधानका लागि सबै सरोकारवालाको ध्यानकर्षण गरेका छन् । यदि भवन हस्तान्नतरण व्यवास्ता गरेमा अखिल क्रान्तिकारीले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

त्यसैगरी नेवि सघं रोल्पाका अध्यक्ष शेर बहादुर थापाले जलजला क्याम्पसमा स्ववियु चुनाव सम्पन्न हुना नसक्दा पनि विद्यार्थीहरुको गतिविधि निश्क्रिय भएको बताएका छन् । कार्यक्रममा सञ्चालक समिति सदस्य कविता उपाध्याय, पव्लिक प्राध्यापक सघंका सभापति अमृत बहादुर बाठा, नेवि सघं रोल्पाका अध्यक्ष शेर बहादुर थापा, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगाएतको उपस्थिीति रहेको थियो । बिधार्थी सागर बुढाको स्वागत गितवाट सुरु भएको कार्यक्रमको सञ्चालन मोहन चन्द्र घर्तिले गरेका थिए ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार