मनिषा राई
पुस १५, रोल्पा ।
दीपज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनछहरी ५ पोबाङ रोल्पाले आइएमईको बिप्रेषण (रेमिट्यान्स) सेवा शुभारम्भ गरेको छ ।
सो सेवाको शुक्रबार एक कार्यक्रमका बिच सुनछहरी गाउँ पालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि आश बहादुर पुनमगरले उद्घाटन गरेका हुन। २०६७ सालमा सहकारी दिभिजन कार्यालय दाङमा बिदिवत दर्ता संगै उत्तर पुर्वि बिकत गाउँ हरूमा बित्तिय सेवा र्पुयाउदै आएको यश सहकारी संस्थामा हाल ५६३ शेयर सदस्य छन भने १२ लाख शेयर पुँजि ७० लाख (निक्षेप) बचत संकलन गर्नुका साथै बाह्य ऋण समेत गरि ८० लाख ऋण प्रवाह गरेको छ ।
रेमिट्यान्स सन्चालन संगै सहकारीको कारोबार थप बृद्दी र प्रभावकारी हुने कार्यक्रमका बक्ताहरूले बताएका छन् । उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पुनले कुनै पनि वित्तिय संस्था नरहेको यस क्षेत्रमा यो सहकारीले वित्तिय सेवा प्रवाह गर्नु राम्रो रहेको र गाउँ पालिकाबाट हुन सक्ने सहयोगमा कुनै कन्जुसाइ नहुने साथै वनिज्य वैंक तादा रहेकोले तरल व्यवस्थापनमा आउन सक्ने संकतमा विशेष ख्याल राख्न सन्चालन तिमलाइ सुझाव समेत दिए । सन्चालक खद्क बहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव खिम विष्टले गरेका थिए ।