• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

गलत काम गरेको भन्दै सल्यानमा एमालेका ५ जना कारबाहीकाे सिफारीसमा


दुर्गा बि.सी.
पुस १५, सल्यान ।
नेकपा एमाले बन्गाड कुपिण्डे नगरपालीका सल्यानले आफ्नै पार्टी सदस्यहरुलार्इ कारबाहीकाे लागी सिफारिस गरेको छ ।

शुक्रबार बसेको पार्टिको नगर बैठकले  सचिवको हेरफेर गर्नुका साथै आफ्नै पार्टीका ५ जनालाई पार्टिको गतिविधी भन्दा बाहिर गएको भन्दै कारवाहिको लागि जिल्ला कमेटीमा सिफारिस गरेको छ । कारबाही पर्नेहरुमा नेकपा एमाले बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष शान्त कुमार यरी, वडा नम्बर ९ का कृष्ण रावत, वडा नम्बर ९ का गिम वहादुर वुढा, वडा नम्बर ७ का अमर चन्द र जिल्ला कमेटी सदस्य सञ्जीता शर्मालाई कारवाहिको लागि जिल्लामा सिफारि गर्ने निर्णय गरेको छ । त्यसैगरि टेकराज शर्मालाई स्पष्टिकरणको लागी नाम काटिएको छ ।

उनिहरुलाई पार्टि गतिविधी र पार्टिका काम कारवाहिलाई प्रत्यक्ष असर पार्ने खालका गतिविधीमा संलग्न भएको भन्दै कारबाही गरिएको बताइएको छ । त्यस्तै बन्गाड कुपिण्डे नगरपालीका नेकपा एमालेका सचिव घन वहादुर पुनको ठाउँमा गुञ्जमान वुढालाई सचिवको जिम्मेवारी दिएको छ । पुनले आफु पार्टिमा समय दिएर काम गर्न नसक्ने वताए पछि उनको ठाउँमा वुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरिएको  बातइएको छ ।

नेकपा एमाले बन्गाड कुपिण्डे नगरका संयोजक रविराज शर्माको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष तथा बन्गाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द कुमार पुनको प्रमुख अतिथी रहेको थियो । बैठकमा पार्टिले छिट्टै नेकपा माओवादि केन्द्रसँग पार्टि एकिकरण हुन लागेकोले थप अरु निर्णय गर्न नसकेको वताएको बताइएको छ । पार्टि एकिकरण पश्चात छिट्टै नयाँ ढगले अघि वढ्ने र प्रतिनिधी सभा र राष्ट्रिय सभाको चुनाव सकिएकोले सवै पार्टि पंत्तिका कार्यकर्तालाई यस नगरको विकासे काममा हातेमालो गर्न बैठकले अभिप्रेरित गरेको छ । नगरबाट विनियोजित रकमको सहि ढंगले काम गर्न र पहरेदारी तथा खबरदारी गर्न सबैलाई वैठकले अपिल गरेको छ ।

प्रकाशित मिति : २०७४ पुष १५ गते शनिवार