मनिषा राई
पुस १५ रोल्पा ।
नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस सर्कलको सातौं जिल्ला भेला आज लिबाङमा सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न २० वटा विद्यालयको सहभागिता रहेको सो भेलाले आगामी १ वर्षको बार्षिक कार्ययोजना निर्माण गर्नुका साथै ११ बुदे लिबाङ घोषणापत्र(२०७४ जारी गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिंह पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिकाका उप प्रमुख मनकुमारी पुनले शुभकामना मन्तव्य व्यक्त गर्दै पवित्र मानवीय सेवा गर्ने उद्धेश्यले गठन भएको रेडक्रसमा युवाको सहभागिता र आकर्षण समेत जरुरी रहेको औल्याएकी थिइन् । विषदमा परेकाहरुको मित्र रहेको रेडक्रसले द्धन्दको समयमा समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।
भेलामा जिल्लाका विभिन्न विद्यालय र क्याम्पसमा रहेका जुनियर रेडक्रस सर्कलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाका मन्त्री डी.वी.घर्तीले गरेको पत्रकार महेश न्यौपानेले जानकारी दिए ।